
राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास विष्फोट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए । ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया