नारायणकाजीलाई बाबुरामले दिए यस्तो दनक

 

Advertisement

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले अर्बौ घुस लिएको भन्ने अभिब्यक्तिको नेकपाले खण्डन गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको प्रेस वक्तव्यमा भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको बताईएको छ ।

उनले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।

‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमण्मको खेती मात्र हो भन्ने स्पष्ट नै छ’ श्रेष्ठले भनेका छन् ‘तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ ।’

Advertisement

यसैबीच नेता बाबुराम भट्टराईले बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने बताएका छन् । उनले बुधबार साँझ एक ट्विट गर्दै सबै उच्च पदस्थहरुको सम्पत्ति छानविन हुनुपर्ने माग गरेका छन् ।

उनले लेखेका छन्,”बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!”

https://www.facebook.com/DrBaburamBhattarai/photos/a.417935905010592/2073660046104828/

प्रतिक्रिया

सम्बन्धित सामाग्री