मंगलबार, ११ वैशाख २०८१

बोदेबर्साइनमा सानिमा बैंकको विस्तारित काउण्टर सञ्चालनमा

समयपोष्ट २०७७ असोज २८ गते १६:२१

Advertisement

सानिमा बैंक लिमिटेडले सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ मा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

विस्तारित काउन्टरको बुधबार बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गर्नुभयो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गर्नुभयो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री