कोरोना कहर : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो ।

Advertisement

गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा ‘कोरोनापछि पशुपालनको मुद्दा र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशु सेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिए पनि कोभिडले असर पु¥याएको बताउनुभयो । कूल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपक्षीको योगदान ३० प्रतिशत छ । साठी प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।

निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । “व्यावसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजगारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु¥याउँछ”, उहाँले भन्नुभयो । कोभिड–१९ ले दूधमा पूर्णरूपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ ।

निर्देशक शर्माले पशुमा लाग्ने रोग खोरेत, पिपिआरलगायत निर्मूल पार्न सरकार लागि परेको बताउनुभयो । व्यावसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।

निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताउनुभयो । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले उत्पादन बढाउन पशु चौपायाको कृत्रिम गर्भाधानसमेत गराउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री