सरकारका तीन नियुक्ती बारे खनालको यस्तो प्रतिक्रिया

सरकारले आफुखसी रुपमा तीन महत्वपुर्ण नियुक्ती गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि देखिन थालेको छ । बिहीबारको मन्त्रीपरिषद बैंठकले पार्टीभित्र सल्लाहनै नगरी तीन महत्वपुर्ण निर्णय गरेपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

Advertisement

मन्त्रीपरिषद बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास वैरागीलाई नियुक्त गरेको छ।

यससंगै पुर्व प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता झलनाथ खनालले नियुक्ती बारे पार्टीभित्र छलफलनै नभएको प्रतिक्रिया दिए । उनले भने,‘छलफल पनि छैन, जानकारी पनि छैन,।’

यसअघि महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरू पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकबाट निर्णय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री