शनिबार, १५ वैशाख २०८१

टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’

समयपोष्ट २०७४ कार्तिक १३ गते २:४५

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।

Advertisement

समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए । तर, समानुपातिकको नाम टुंगो नलागेकाले एमाले प्रतिनिधि राति १२ बजेपछि पनि निर्वाचन आयोगमै थिए । आयोगमा एमाले मात्र होइन, सबैजसो दलका नेताहरू नाम थप्ने र घटाउनेमा व्यस्त थिए । नयाँ पत्रिकाबाट

तस्बिर : हरिश गौतमको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री