बिहीबार, ६ वैशाख २०८१

भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प छैन : प्रचण्ड

समयपोष्ट २०७४ कार्तिक १२ गते ५:४२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नभएको बताएका छन् ।  नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ शक्तिको हविगत सबैले देखिसकेकाले भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नरहेको बताएका हुन् । 

Advertisement

कार्यक्रममा उनले भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको समेत बताए ।  उनले  डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको भन्दै भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-केहो भन्ने भएको छ ।’

कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।

माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।

कार्यक्रममा पोखरेलले सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव नदेखेर माओवादी केन्द्रमा प्रवेश गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री