बिहीबार, ३० असोज २०८२

माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

समयपोष्ट २०८२ असोज ३० गते १६:१२

Advertisement

झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्नेे क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।

उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री