शनिबार, १५ वैशाख २०८१

सानिमा बैंकको पहिलो त्रैमासको वित्तीय बिवरण सार्वजनीक , खुद नाफा ३४ करोड

समयपोष्ट २०७४ कार्तिक १२ गते ५:१६

सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय बिवरण सार्वजनीक गरेको छ ।  बैंकले सार्वजनीक गरेको वित्तीय बिवरण अनुसार बैंकले ३४ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २७ करोड १६ लाख २२ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा सवा ७ करोड रुपैयाँले बढेको हो । बैंकको खुद नाफामा देखिएको यो वृद्धि २१.१४ प्रतिशत हो ।

Advertisement

बैंकको चुक्ता पूँजी ५ अर्ब २७ करोड ८९ लाख ९७ हजार रुपैंयाबाट बढेर ८ अर्ब १२ लाख ५५ हजार रुपैंया पुगेको छ । बैंकको जगेडा कोषको आकार बृद्धि भएर १ अर्ब १ करोड ५६ लाख ४७ हजार रुपैंयाबाट बढेर १ अर्ब ४० करोड ४० लाख ३५ हजार रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ०.०५ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात ०.१४ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री