शनिबार, १५ वैशाख २०८१

लक्ष्मी बैंकले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने

समयपोष्ट २०७४ कार्तिक ५ गते ६:३३

लक्ष्मी बैंकले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १०% बोनस र ०.५३% नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।

Advertisement

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ छ । १०% बोनस दिइसकेपछि भने चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ ।

लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री