शुक्रबार, १४ वैशाख २०८१

निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

समयपोष्ट २०७४ कार्तिक ३ गते ६:४९

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । 

Advertisement

नेपाल संवत् ११३८ समारोह समितिद्वारा आज आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन गर्दै उनले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए । 

उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए । 

समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए। 

सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे। उनले नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे । 

सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो ।  रासस


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री