शुक्रबार, १६ चैत २०८०

सरकारबाट बाहिरिने माओवादी केन्द्रको यस्तो छ तयारी

समयपोष्ट २०७४ असोज ३१ गते ७:२२

माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे  र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन्  ।सम्मेलनमा मन्त्रीहरुले सरकारबाट बाहिरिएको विषयमा विफ्रिङ गर्ने छन् ।

Advertisement

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको थियो । यस विषयमा औपचारिक निर्णयका लागि प्रचण्डले बामगठबन्धनका नेताहरुसँग परामर्श शुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री