शुक्रबार, ७ वैशाख २०८१

दशैं तिहारमा उपत्यकामा मात्र एक अर्ब ५० करोड रुपैयाँको मासुको कारोबार

समयपोष्ट २०७४ असोज ३० गते ८:३९

नेपालमा वर्षेनी खपत हुने तीन लाख ८५ हजार मेट्रिक टन मासुजन्य बस्तु मध्ये भारत र चीनबाट मात्रै करिव ५५ हजार मेट्रिक टन मासुजन्य बस्तु आयात गरिन्छ।
 
पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको मासु उपभोग हुन्छ । नेपालमा करिब तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गरेकोमा, विशेष गरी काठमाडौं, ललितपुर र भक्तपुरमा दशैँ तिहारमा मात्र एक अर्ब ५० करोड रुपैयाँको मासुको कारोबार हुने गरेको पशुपक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक बलबहादुर थापाले जानकारी दिए।
 
दशैँ र तिहार पर्वलाई लक्षित गरी करिब तीन अर्ब रुपैयाँ बराबरको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ। देशभरीको कारोबारमध्ये करिब ६० प्रतिशत कारोबार अन्य बजारमा हुने अनुमान गरिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा शंकर साहले जानकारी दिए।
 
देशका अन्य शहर बजारमा पनि दशैँ र तिहारमा मात्र करिब एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ। देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडौं उपत्यकामा मात्र खपत हुने गर्छ।रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री