बुधबार, १२ वैशाख २०८१

रिलायबल लाइफ सञ्चालनमा,बिमाबाटै करोडपति बनाउने यस्तो छ योजना

समयपोष्ट २०७४ असोज ३० गते ५:१८

आइतवारबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको छ ।  औपचारिक कारोबारको सुरुवात गर्दै कम्पनीले ‘करोडपती बनाउने’ धनपती जीवन बिमा सहित ६ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको रिलायबल धनपती जीवन बिमा योजनामा मासिक न्युनत्तम ८ हजार ८ सय १७ रुपैयाँ बिमा शुल्क तिरेमा न्युनत्तम ५० लाखदेखि अधिकत्तम दुई करोडमाथिसम्म रकम प्राप्त गर्न सकिन्छ । 

Advertisement

यो परिपक्वता मूल्य ग्राहकले छनौट गर्न सक्नेछन् ।  यो योजनामा प्रवेश उमेर न्युनत्तम १६ वर्ष र अधिकत्तम उमेर ५५ वर्ष तोकिएको छ । त्यस्तै बिमा योजना परिपक्व हुँदा ६५ वर्ष नाघ्न नहुने व्यवस्था गरिएको छ । बिमाको अवधि ग्राहकले आफुले चाहे अनुसार १० देखि ४० वर्षभित्र रोज्न सक्नेछ ।

यो योजना खरिद गर्ने ग्राहकको बिमा अवधिमा मृत्यू भएमा इच्याएको व्यक्तिले परिपक्वता मूल्य बराबरको भुक्तानी पाउनेछ । बिमा गर्ने जीवित रहेमा पनि परिपक्वता मूल्य बराबरको रकम  भुक्तानी हुनेछ । यसमा ग्राहकले दुर्घटना लाभ लगायत पनि छनौट गर्न सक्नेछ ।

कम्पनीले रिलायबल सावधिक जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, निश्चित आवदी जीवन बीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक बीमा योजना पनि सञ्चालनमा ल्याएको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ । जसमा संस्थापक तर्फ एक अर्ब ७० करोड रुपैयाँ र बाँकी ३० करोड रुपैयाँ सर्वसाधरणका लागि छुट्याएको छ। कम्पनीको कर्पोरेट कार्यालय काठमाडौको ज्ञानेश्वरमा रहको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री