शुक्रबार, १४ वैशाख २०८१

 नेपाली कांग्रेसमा फर्कदै गच्छदार, आज साँझ बालुवाटरमा एकीकरण कार्यक्रम

समयपोष्ट २०७४ असोज २९ गते १०:२४

 नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । आज साँझ साढे पाँच बजे प्रधानमन्त्री कार्यालय बालुवाटरमा एकीकरण कार्यक्रम रहेको छ ।

Advertisement

२०६४ सालअघिसम्म काँग्रेसमा नै रहेका गच्छदार पुरानै घर फर्कने भएका हुन् । प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिएसँगै गठबन्धन, तालमेल र एकताको प्रक्रिया चलिरहेका बेला फोरम लोकतान्तिक र काँग्रेसबीच एकता हुन लागेको हो ।  

काँग्रेसबाट छुट्एिर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदारले २०६६ सालमा फोरमबाट छुट्टिएर नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री