बिहीबार, १३ वैशाख २०८१

माओवादी केन्द्रले किन गर्यो प्रधानमन्त्री झन् अप्ठ्यारोमा पर्ने यस्तो निर्णय

समयपोष्ट २०७४ असोज २८ गते ६:५३

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।  माओवादी पार्टी कार्यालयमा आज बसेको  शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र  सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता  नबोलाउने निर्णय गरेको हो ।

Advertisement

प्रधानमन्त्री  देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार  गर्ने निर्णय गरेपनि चुनावको मुखमा राजनीति फेरि पेचिलो बनेको छ । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्नेसम्मका समाचारहरु प्रकाशमा आईरहेका बेला मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय लिएका थिए । 

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्ममा मन्त्रीहरुको सख्याँ ६४ पुगेको  छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री