आइतबार, २९ असार २०८२

तिहार र छठ पर्वका लागि एक करोड ५० लाख कार्टुन स्याउ भित्रियो ,भारतबाट मात्र पाँच करोडको स्याउ आयात

समयपोष्ट २०७४ असोज २६ गते ९:११

 विराटनगरका व्यावसायीले तिहार र छठ पर्वलाई लक्षित गर्दै भारतबाट पाँच करोड रुपैयाँको स्याउ आयात गरेका छन्।
 
चाँडपर्वलाई लक्षीत गर्दै ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको, फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासले बताए।

Advertisement

पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार बढी खुद्रा पसल छन्। पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले स्याउ आयात गरेर बिक्री गर्दै आएको छ। भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन्।
 
चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन्। अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी आउने भएकाले बढी परिमाणमा आयात गरिएको नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दासले बताए।
 इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहेका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री