शुक्रबार, १४ वैशाख २०८१

चीनको राज्यसभा मातहत अनुसन्धान विकासको उच्चस्तरीय टोली गुल्मी जाँदै,कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गरिने

समयपोष्ट २०७४ असोज २६ गते ५:३४

गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ।

Advertisement

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए।

शुक्रबार कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने फार्मका सचिव पौड्यालले जानकारी दिए 

नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउन लागेको जानकारी दिए।

अध्ययनका लागि चीनका आठ जना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिए।

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा टोली आउन लागेको हो। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री