शनिबार, १५ वैशाख २०८१

सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयरमा कति आवेदन पर्यो ?

समयपोष्ट २०७४ असोज २४ गते ९:०९

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा २ लाख ३७ हजार आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार एक लाख ८० हजार कित्ता आईपिओको लागि दुर्इ अर्ब २४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । 

Advertisement

कम्पनीले यहि असोज १८ देखि २३ गतेसम्म एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो ।  जसमा कम्पनीले तीन हजार ६०० कित्ता कर्मचारी  र ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । जसले गर्दा सर्वसाधारणको लागि एक लाख ६७ हजार ४०० कित्ता मात्र बाँकी रहेको छ ।

यसकै आधारमा १० कित्ताको दरमा शेयर बाडफाड गर्ने हो भने १६ हजार ४७० जनाले मात्र साधारण शेयर प्राप्त गर्ने भएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री