शुक्रबार, १६ चैत २०८०

मन्त्रीको बचाउमा सीटीईभीटीः विरोधका बीच २३ संस्थालाई सम्बन्धन

समयपोष्ट २०७४ असोज २३ गते १:५०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिएको छ । आइतबार बसेको परिषद् बैठकले अर्को वर्षदेखि लागू हुने गरी सम्बन्धनको निर्णय गरेको हो ।

Advertisement

चर्को विरोधका कारण परिषद्ले अर्को वर्षदेखि मात्र लागू हुने गरी सम्बन्धन दिने निर्णय गरेको हो । यसले सम्बन्धनको विरोध कम हुने परिषदका पदाधिकारीको बुझाइ छ । निर्वाचन आयोगको सहमतिमा निर्णय गर्नुपर्नेमा परिषद्ले सम्बन्धनको निर्णय गरेर ‘आयोगको सहमति लिने’ विवादास्पद निर्णय गरेको छ । 

निर्णयमा भनिएको छ, ‘स्वीकृतिको प्रक्रियामा रहेका संस्थाहरूलाई यो शैक्षिक सत्रका लागि सम्बन्धन नदिने र आगामी शैक्षिक सत्र २०७५/७६ को सम्बन्धन दिने सम्बन्धमा निर्वाचन आयोगमा सहमतिका लागि लेखी पठाउने ।’

परिषद्ले आफ्नो निर्णयको बचाउका लागि हाल स्वीकृति पाएका संस्थाहरूले सम्बन्धनका लागि लामो समय गुजार्नुपरेको उल्लेख गरेको छ । परिषदको दाबीअनुसार अहिले स्वीकृति पाएका २३ संस्थाले सम्बन्धनका लागि २०६८ सालभन्दा अघि आवेदन दिएका हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री