आइतबार, ४ साउन २०८२

गोपाल खड्काको पक्षमा सर्वोच्च अदालत, सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश

समयपोष्ट २०७४ असोज २२ गते ११:५२

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले  अन्तरिम आदेश दिएको छ ।  सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । 

मन्त्रीपरिषद्ले एक महिना अघि जग्गा खरीदमा अनियमितता भएको भन्दै खड्कालार्इ पदच्युत गरेको थियो।मन्त्रीपरिषद्को निर्णय विरुद्धमा खड्का सर्वोच्च गएका थिए। अदालतको आदेशसँगै खड्कालाई पुनः कार्यकारी निर्देशकको रुपमा काम गर्ने बाटो खुलेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री