बिहीबार, २७ वैशाख २०८१

एभरेष्टको शेयर पुनः लिलामीमा,२७ असोजसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७४ असोज २० गते ६:१५

एभरेष्ट बैंकले लिलाम बढाबढमा नबिकेको शेयर पुनः लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

Advertisement

बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको बैंकको लिलामीको सेयरमा असोज २० गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ । एभरेष्टले भदौ २५ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री