शनिबार, ८ वैशाख २०८१

माछापुच्छ्रे बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक

समयपोष्ट २०७६ कार्तिक ५ गते १५:२२

Advertisement

माछापुच्छ्रे बैंक छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको सो सम्झौतासँगै प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ ।

आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने सो प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने पनि जानकारी गराइएको छ ।

प्रतियोगिताको बिजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री