बिहीबार, १५ चैत २०८०

बुबाआमासंग घुम्न चितवन पुुगेका बालककको स्वीमिङ पुलमा डुबेर मृत्यु

समयपोष्ट २०७६ कार्तिक ४ गते २०:३५

Advertisement

चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– 4 मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।

उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री