शुक्रबार, ७ वैशाख २०८१

नगरका १६ पसलमा अनुगमन : मिति सच्याएर राखिएका खाद्यान्न जफत्

समयपोष्ट २०७६ कार्तिक ४ गते १९:१७

Advertisement

जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा खाद्य गुण नियन्त्रण प्राविधिक क्षेत्रीय कार्यालय, स्थानीय उपभोक्ता र घरेलु कार्यालयको संयुक्त अनुगमन टोलीले हेटौँडा उपनगरपालिका वडा नं १, ४, ५ र १० मा रहेको स्थानीय बजारमा आज अनुगन गरी म्याद नाघेका खाद्य पदार्थ जफत गरेको छ ।

टोलीले हेटौँडा नगरका १६ पसलमा अनुगमन गरिएकामध्ये दुई खाद्यान्न पसललाई तीन दिनभित्र खाद्य गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन लिखित सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्यले बताउनुभयो । उहाँका अनुसार, जफत गरिएका खाद्यान्नमा बिस्कुट, चाउचाउ, पेयपदार्थ, कफी, चिया, दालमोठ, मसला, दाल, तेललगायतका सामग्री छन् । ती सामग्रीमा केही मिसावट गरिएको र म्याद सकिएका भए पनि बिक्रीका लागि मिति सच्याएर राखिएको पाइएको जनाइएको छ ।

यसैगरी सोही अनुगन टोलीले स्थानीय बजारका तरकारी पसल र माछामासुका पसलमा पनि अनुगमन गरेको छ । ती पसललाई अनुगमन टोलीले गुणस्तरीय माछामासु बिक्री गर्न र पसललाई सुगरसफा राख्न सुझाव दिएको र अर्कोपटक अनुगन गरिँदा सुझाव अनुसारको कार्यान्वयन नभए आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारवाही गरिने तर्फ निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमकुमार जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री