शनिबार, १५ वैशाख २०८१

एन आई सी एशिया बैंक र सस्तो टिकेटस् प्रा.लि. बीच सम्झौता

समयपोष्ट २०७६ कार्तिक ४ गते १६:०८

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रा. लि.बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस् प्रा. लि.को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरे ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री