शनिबार, ८ वैशाख २०८१

एन आई सी एशिया बैंक र संस्कृति इन्फोएज प्रा.लिबीच सम्झौता, तिहार र छठ पर्वको अवसरमा हवाई टिकटमा क्यास ब्याक सुविधा

समयपोष्ट २०७६ कार्तिक ३ गते १९:५२

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रा. लि. बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज प्रा। लि ९माई ट्रिप टु नेपाल० को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५००÷ क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३००÷ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ । २०७६ कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री