शुक्रबार, १४ वैशाख २०८१

दशैं बिदामा पनि यी बैंकका काउन्टर खुल्ने

समयपोष्ट २०७६ असोज १७ गते १२:२८

Advertisement

दशैं बिदामा पनि अधिकांस बैंकहरुले बैंकिङ सुविधा प्रदान गर्ने भएका छन । दशैं बिदामा उपत्यका भित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुका शाखा कार्यालय खोल्ने बैंकहरुले जनाएका छन्।

शंग्रिला डेभलपमेन्ट बैंक,माछापुच्छ्रे बैंक,सिभिल बैंक,एनआईसी एसिया,सिटिजन्स बैंक, नविल बैंक,जनता बैंक, मेगा बैंक,सानिमा बैंक,एनएमबी,ग्लोबल आइएमईबैंकले दशैँको बिदामा पनि विभिन्न स्थानका काउण्टरहरु खुला राख्ने जनाएका छन् ।

शंग्रिला डेभलपमेन्ट बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर संचालन गर्ने जनाएको छ ।

यसैगरी माछापुच्छ्रे बैंकले पनि सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको छ ।

सिभिल बैंक सप्तमीदेखि एकादशीसम्म आफ्ना १३ शाखाहरु खुल्ने जनाएको छ।

एनआईसी एशिया बैंकले फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ । त्यस्तै अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।

नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन्।

एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन्।

खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको छ।

नविल बैंकले विभिन्न १६ वटा शाखा कार्यलय मार्फत १८ गते तथा अन्य दिनमा काठमाडौंको तिनधारा र ललितपुर शाखा कार्यलय बाट नगद कारोबार सेवा संचालन गर्ने जनाएको छ ।

जनता बैंकले आफ्ना देभरीका विभिन्न ९ वटा शाखा कार्यलय मार्फत १८ र १९ गते बैंकिङ सेव प्रदान गर्ने जनाएको छ ।

मेगा बैंकले १९ वटा शाखा खुल्ला रहने जनाएको छ ।

सानिमा बैंकले काठमाडौँ उपत्यकाका मुख्य कार्यालयसहित ४ र उपत्यका बाहिरका १३ गरि कुल १७ शाखा दशैँको विदामा पनि खुल्ला रहने जनाएको छ ।

एनएमबी बैंकले दशैँको विदामा विभिन्न ५ शाखामार्फत विदाको अवधिमा पनि सेवा दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाका ४ र उपत्यका बाहिरका ६ वटा शाखा खुल्ला रहने जानकारी दिएको छ ।

सनराईज बैंकले विदाको अवधिमा विभिन्न स्थानका गरि आफ्ना जम्मा १६ शाखा खुल्ला रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री