बिहीबार, १३ वैशाख २०८१

आशा लघुवित्तको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ असोज १५ गते १४:१८

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य आज समायोजन भएको छ ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांशको बुधबार शेयरधनी दर्ता किताब बन्द गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १२ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता ३८७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । समायोजन भएको मूल्यलाई आधार मानेर बुधबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

सञ्चालक समितिको बैकठले प्रस्ताव गरेको उक्त लाभांश अनुमोदन गर्न लघुवित्तले कात्तिक ७ तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। सोहि प्रयोजनको लागि बुधबार बुकक्लोज गरेको हो। यसअनुसार असोज १४ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री