बिहीबार, ६ वैशाख २०८१

वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खाल

समयपोष्ट २०७५ असोज २ गते ७:१७

राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पु¥याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो ।

Advertisement

निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबालीमा क्षति पु¥याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुले क्षति पु¥याएको भन्दै अहिले कावासोती नगरपालिका पिठौली, सा“ढ, अमलटारीलगायतका विभिन्न स्थानमा पर्खाल निर्माण गर्न लागिएको छ ।

नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि गत आवमा मात्र रु ७० लाख बजेट विनियोजन गरी १५०० मिटर क्षेत्रमा पर्खालसहितको जाली लगाएको छ । नगरपालिकाले वडा नं ७, १०, ११, १२, १३, १५ र १७ मा वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक्नका लागि जाली लगाउन लागेको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । मध्यवर्तीले पनि शान्तिकुञ्ज वनक्षेत्रमा २२० मिटरमा पर्खाल निर्माण गरेको छ ।

नगरपालिकाले यस आवमा पर्खाल निर्माणका लागि रु ८० लाख विनियोजन गरेको छ । नगरपालिकाअन्तर्गत मात्र कम्तीमा सात किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने देखिएको नगर प्रमुख पुनले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख समस्याका रूपमा वन्यजन्तुले पु¥याउने धनजनको क्षति भएको गुनासो आएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सोहीअनुसार बजेट विनियोजन गर्दै आएको उहा“ले बताउनुभयो ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतार लगाइएकामा त्यसलाई समेत नाघेर तथा चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको जाली निर्माण थालिएको प्रमुख पुनले बताउनुभयो । पर्खाल तीन फिट अग्लो हुनेछ भने त्यसमाथि तीन फिट अग्लो जाली र त्यसमाथि दुई का“डेतार राखिने छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री