शुक्रबार, ७ वैशाख २०८१

विद्युत् विस्तारको काम दु्रतगतिमा अघि बढ्यो,बत्ती बाल्ने दिन गन्ती गर्दै स्थानीय

समयपोष्ट २०७५ असोज १ गते ६:०६

वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ ।

Advertisement

सो कार्यका लागि सवस्टेसनबाट कुसुममा विद्युत् लाइन विस्तारको काम दु्रतगतिमा भइरहेको छ । विसं २०७२ मै सक्नुपर्ने विद्युत् विस्तारको काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको प्रदेश नं ५ का सांसद कृष्णा केसी नमूनाले बताउनुभयो । अहिले स्थानीय सरकार, प्राधिकरण र प्रदेश सरकारबीचको समन्वयमा विद्युत् विस्तारको काम दु्रतगतिमा अघि बढाइएको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–१ कुसुम क्षेत्रका नागरिकको घरघरमा बिजुलीबत्ती पु¥याउन अहिले सामुदायिक विद्युतीकरण संस्थाको माध्यमबाट विस्तारको कामलाई तीव्र बनाइएको हो ।

नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युत्को उपभोग गर्न पाउने गरी काम भइरहेको बताउनुभयो । कुसुममा दुई हजार ८२५ घरधुरी छन् । लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सांसद नमूनाले खुशी हुँदै भन्नुभयो,“अब कुसुमवासीको घरघरमा बिजुली बत्ती बाल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री