बिहीबार, १५ चैत २०८०

सिटी एक्स्प्रेस ल्यायो “लखपति एक्स्प्रेस” योजना

समयपोष्ट २०७५ असोज १ गते २:४२

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ९० दिनसम्म चल्ने “लखपति एक्स्प्रेस” उपहार योजना घोषणा गरेको छ ।

Advertisement

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनालाई १००,००० उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस” अफर असोज १गते देखि मंसिर २९गतेसम्म लागू हुनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री