सेयर बजारमा दोहोरो अंकको बृद्धि, ९१ करोडको कारोबार
समयपोष्ट
२०७५ भदौ ३१ गते ९:३९
साताको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । आज नेप्से परिसुचक ११.६९ अंकले बढेर १२५६.५३ अंकमा पुगेको छ ।
आज १ सय ६६ कम्पनीका ३० लाख कित्ता सेयर ९१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर एन एम बि बैंकको किनबेच भयो ।
आज सबै समुह परिसुचकहरु ब्ढेका छन् । आज बाणिज्य बैंक समुह १३.७१, होटल ४.३५,विकास बैंक २०.८९,जलविद्युत ६.५४,फाइनान्स ३.११,निर्जिवन बिमा २०.१८,उत्पादनमुलक २६.५१,अन्य ०.५,लघुवित्त ८.३१ र जीवन बिमा समुह ४८.५ अंकले बढेको छ ।
प्रतिक्रिया