शुक्रबार, १४ वैशाख २०८१

प्रियंका यती महँगो ड्रेस लगाएर न्यूयोर्क पुगेपछि..

समयपोष्ट २०७५ भदौ २५ गते ९:१६

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा सहभागि हुन पुगिन् । उक्त शोमा प्रियंकाले निकै महंगो ड्रेस लगाएकी थिईन् ।

Advertisement

भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् जसको मुल्यले मुम्बइबाट बैंकक घुमेर फर्किन सकिन्छ । प्रियंकाको टपको मूल्य २१ हजार र स्कर्टको मुल्य ४० हजार भएको बताइएको छ ।

उनको कूल ड्रेसको मूल्य ६१ हजार हुन आउँछ । जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज दिन्छन् जसमा हवाइ भाडासहित बैंकक बस्ने होटल भाडा र खाना खर्च पनि संलग्न गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री