शनिबार, १ कार्तिक २०८२

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदीको मूल्यमा पनि वृद्धि

समयपोष्ट २०८२ असोज ३१ गते ११:१७

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा उल्लेखनीय वृद्धि हो।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ रहेको थियो।

यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ कायम भएको छ।

Advertisement

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रवार ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री