मंगलबार, ११ वैशाख २०८१

नक्कली एटिएम बनाएर रकम झिक्ने गिरोह प्रहरी नियन्त्रणमा

समयपोष्ट २०७५ भदौ २५ गते ७:५२

प्रहरीले ठमेल क्षेत्रबाट नक्कली एटिएम कार्ड बनाई रकम झिक्ने गिरोहलार्इ पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान ठमेल सञ्चय कोष भवन नजिकबाट भारतीय गिरोहलार्इ पक्राउ गरेको हो । प्रहरीले आज उनीहरुको अखडामा छापा मारेको थियो । त्यहाँबाट प्रहरीले नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

नेपालमा कार्ड बनाउने मेसिन सहित आएका उनीहरूले विभिन्न बैंकका काउन्टरबाट रकम निकाल्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री