शुक्रबार, १६ चैत २०८०

ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते

समयपोष्ट २०७५ भदौ २२ गते ७:०४

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् ।

Advertisement

मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उहाँलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृतक धनमायाकै छोरी १३ वर्षीया मुना, मुसीकोट नगरपालिका–१३ की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते भएका छन् । घाइते तीनैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिताको अवस्था गम्भीर भएको बताइएको छ ।

ट्याक्टर न्यूटलमा राखेर चालक खोलामा गएका कारण दुर्घटना भएको थियो । बिहीबार बेलुका दुर्घटना भएको ट्याक्टर सडकभन्दा २० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री