शुक्रबार, १४ वैशाख २०८१

एन आई सी एशिया र गुराँस लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७५ भदौ २० गते ५:०२

एन आई सी एशिया बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकका शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री