शुक्रबार, १४ वैशाख २०८१

सांसद नबिना लामाका हितैषी सत्यमान पुन: प्रहरी फन्दामा

समयपोष्ट २०७५ भदौ १९ गते १५:३९

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई आज दिउँसो ठमेलबाट पक्राउ गरेको छ ।

Advertisement

काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनको आज स्वास्थ्य परीक्षण गरिएको र बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने उहाँले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री