आइतबार, २ कार्तिक २०८२

बैंकहरूमा निक्षेप र कर्जा लगानीमा वृद्धि, तरलता सहज हुँदै

समयपोष्ट २०८२ भदौ १८ गते १९:५८


नेपालका बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ६ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, भदौ १५ गतेसम्म कुल निक्षेप ७२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो दिन भदौ १४ गतेको तुलनामा ६ अर्बले बढी हो, जुन दिन कुल निक्षेप ७२ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

Advertisement

राष्ट्र बैंकका अनुसार, वाणिज्य बैंकहरूको निक्षेपमा मात्रै ७ अर्ब रुपैयाँको वृद्धि भएको छ। भदौ १५ गते यस्तो निक्षेप ६४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ६४ खर्ब ८८ अर्ब रुपैयाँ थियो।

निक्षेपसँगै कर्जा लगानीमा समेत सकारात्मक प्रगति देखिएको छ। भदौ १५ गते बैंकहरूको कुल कर्जा लगानी ५६ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो। वाणिज्य बैंकहरूको कर्जा लगानी ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ क्षेत्रको तरलता अवस्थालाई झल्काउने सूचकांक क्रेडिट टु डिपोजिट (सीडी) रेसियो भदौ १५ मा ७६.३७ प्रतिशत कायम भएको छ। यस्तै, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री