मंगलबार, ६ साउन २०८२

सिटिजन्स बैंकले गर्‍यो लाभांश घोषणा

समयपोष्ट २०८१ असोज ७ गते १६:०७

सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमा ४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री