मंगलबार, ६ साउन २०८२

नेप्सेले भन्यो-बजार विश्लेषकहरुको पछि लागेर लगानी नगर्नु

समयपोष्ट २०८१ असोज ७ गते १४:१७

नेपाल स्टक एकसचेन्ज (नेप्से)ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न आग्रह गरेको छ ।

नेप्सेले सोमबार सूचना जारी गर्दै हालसम्म कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्टीकरण दिएको छ ।

‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ,सूचनामा भनिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री