मंगलबार, ३१ असार २०८२

काठमाडौँमा एक सय भन्दा बढी पन्च इभीको डेलिभरी

समयपोष्ट २०८१ भदौ २६ गते १८:१०

Advertisement

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १००+ युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ ।

पन्च इभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ्ग लिएर बिक्री सुरु भएको थियो । पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेबारी जति सक्दो छिटो, बुकिङ्ग गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुहुन्छ । साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।
टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी न्ल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री