शनिबार, ८ वैशाख २०८१

निटा भी को डेलिभरी पुनः सुरु

समयपोष्ट २०७९ असोज १४ गते १९:४२

Advertisement

निटा भी गाडी भोलिबाट डेलिभरी सुरु हुने भएको छ ।

तिब्बत क्षेत्रको लकडाउन खुलेसंगै केही महिना अघि बुकिंग गरेका ग्राहकलाई कम्पनीले गाडी डेलिभरी गर्ने भएको हो ।

सि. जी. मोटर्सका प्रबन्धक निर्देशक हेमन्त अग्रवाल भन्छन,” दशैंको बेला गाडी लिएर घुम्न जान्छु भन्ने धेरैको रहर हुन्छ, लकडाउनका कारणले बूकिंग गरेका ग्राहकलाई गाडी दिन नपाउने हो कि भन्ने ठुलो पिर लागेको थियो, लकडाउन खुले पच्यत हामी भोलिबाट डेलिभरी सुरु गर्छौ।”

चीनको होजोन मोटर्सद्वारा उत्पादित निटा भी, चौधरी ग्रुप अन्तर्गतको सी जी मोटर्सले गत जेस्ठमा नेपालमा ल्याएको हो। हालसम्म १०० भन्दा बढी अग्रिम बुकिङ्ग भएको सो गाडी ३० भन्दा बढी ग्राहकलाई डेलिभरी गरिसकेको जनाएको छ । शनिबारबाट क्रमस: अरु ग्राहकहरुलाई पनि उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए। ३७ .९९ लाख मूल्य रहेको यस गाडी, दशैंको अवसरमा ७.६० लाख डाउनपेमेण्ट गरेर पनि लिन सकिने र साथमा बम्पर पुरष्कारको रुपमा ७५” को सिजी मेरेड़िया टिभी लगायत अन्य उपहारपनि जित्न सकिने बताए।

केही महिनादेखि तिब्बत क्षेत्रमा कोरोना महामारीका कारण चीनबाट पठाईएका थुप्रै सवारीसाधनहरु नेपाल-चीन सिमानामा अड्केर बसेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री