शनिबार, ८ वैशाख २०८१

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबिच सम्झौता

समयपोष्ट २०७९ असोज १३ गते १७:१८

Advertisement

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स)बिच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गर्नु भएको छ ।

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पि ओ एस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकार्ड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो ।

यसैगरी भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री