शनिबार, १५ वैशाख २०८१

सिक्लेस हाइड्रोपावरको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ असोज ११ गते १४:१५

Advertisement

सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँट गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री