शुक्रबार, १४ वैशाख २०८१

अब विद्युतबाट उत्पादित वस्तु निर्यात गछौँ : अर्थमन्त्री शर्मा

समयपोष्ट २०७९ असोज ६ गते १६:३७

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले अब विद्युत निर्यात गर्ने नभएर विद्यतुबाट उत्पादित वस्तुहरुको निर्यात गर्ने बताएका छन् ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पोको बिहीबार राजधानीको भृकुटीमण्डपमा उद्धघाटन गर्ने क्रममा अर्थमन्त्रीले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री शर्माले सो क्रममा विद्युतबाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने बताए। अर्थमन्त्री शर्माले भने,’अहिले विद्युत पनि निर्यात भइरहेको छ । तर, विद्युत निर्यात गर्ने वस्तु होइन । विद्युत उत्पादनमा लगाउनुपर्ने वस्तु हो । उत्पादित वस्तु निर्यात गर्ने हो ।’ उनले भने,’हामीले विद्युत निर्यात गर्ने नभएर विद्यतुबाट उत्पादित वस्तुहरुको निर्यात गर्ने हो । अब विद्युतबाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने हो ।

अर्थमन्त्री शर्माले अब नेपाल हाइड्रोजन उत्पादन गर्ने अवस्थामा पुग्न लागेको दाबी समेत गरे । उनले भने,’हिजो हामी पेट्रोल नपाएर हाहाकार हुने अवस्थाबाट केही हिसाबले छिटो गर्दा नेपालमा हाइड्रोजन उत्पादन गर्ने अवस्थामा पुग्नेछौं ।’

उनले त्यसको नीतिगत तयारी पनि भएको बताए। उनले भने,’छलफल पनि भएको छ । लगानीकर्ता पनि आकर्षित भएका छन् । यी कार्यक्रमले हाइड्रोजन उत्पादन गरेर मागलाई पूरा गरेमा विश्वमा तुलनात्मक रुपले सस्तोमा हाइड्रोजन उत्पादन गर्ने अवस्थामा नेपाल छ ।’

अर्थमन्त्री शर्माले नेपालमै गाडीहरु नेपालमै गाडीहरु बन्नुपर्ने बताउँदै त्यसका लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा कहाँ सहयोग गर्नुपर्छ, सरकार तयार रहेको स्पष्ट पारे ।

उनले भने,’सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको छ । चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । देशलाई जे फाइदा हुन्छ, त्यो गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री