काठमाडौँको गोठाटारमा गोली चल्यो

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ ।

Advertisement

केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले बताउनुभयो ।

घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री