आइतबार, २३ वैशाख २०८१

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’ योजना

समयपोष्ट २०७९ असोज २ गते १५:५१

Nabil Home Loan

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ आवास योजना ल्याएको छ ।

Advertisement

योजनामा बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।

उक्त आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ ।

पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको बैंकले जनाएका छन् ।

३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट बिस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ ।

Advertisement

यो योजना सीमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री