आइतबार, ६ जेठ २०८१

सेलपे ल्यायो दशैं धमाका अफर

समयपोष्ट २०७९ भदौ ३१ गते १९:२६

Advertisement

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले विजया दशमीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत हरेक ग्राहकहरुले विभिन्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्नसक्ने अफर सेलपेले ल्याएको हो ।

सेलपेका अनुसार हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक, बस टिकटमा १०५ सम्मको क्यासब्याक, सुबिसु इन्टरनेट भुक्तानीमा ५५ क्यासब्याक, भायोनेट इन्टरनेट भुक्तानीमा ५५ क्यासब्याक र मोबाईल रिर्चाजमा ६५ क्यासब्याक प्राप्त गर्न सक्ने अफर ल्याएको छ ।
यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

Advertisement

बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित र बैंक खाताका साथै वालेट बाट पनि कारोबार गर्न सकिने यसका बिशेषता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री